कान्ति बाल अस्पतालको ब्लड बैंक सेवा पुनः सुचारु गर्न सम्झौता


माघ ६, काठमाडौँ । कान्ति बाल अस्पतालको निस्क्रिय अवस्थामा रहेको ब्लड बैंक सेवालाई पुनः सुचारु गरी सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पताल बीच सम्झौता भएको छ। उक्त सम्झैता अनुरुप काठमान्डौं जिल राउन्ड टेबल २२ (राउन्ड टेबल नेपालको अंश) ले ६ जना स्वयसेवकलाई लाग्ने खर्च ब्यहोर्ने गरी उक्त सेवा पुनः सञ्चालन गरिन छ।
रगतको सहज उपलब्धता अस्पतालको सेवा लिन आउने लाखौं बच्चाहरुकालागि महत्वपूर्ण बिषय भएकाले राउन्ड टेबल नेपालको यस कार्यले भविष्यमा नेपाली सर्वसाधरण र खास गरी बच्चाहरुलाई हित गर्ने विश्वास लिईएको छ। यसका साथ साथै राउन्ड टेबल नेपालले अस्पतलाई थप सहयोग पुग्ने गरी नियमित रक्तदान कार्यक्रम पनि सञ्चालन गर्नेछ।
गत अक्टोबर २०१९ मा पुन सञ्चालनमा ल्याईएको यस ब्लड बैंकले आज सम्म करिब दशौं हजार बालबालिकाहरुको हित गरेको छ र आउँदा दिनहरुमा यसले निरन्तर सेवा पुर्याउने बताइएकाे छ ।
राउन्ड टेबल नेपाल बाल बालिकाहरुको बृहत्तर हित, राम्रो शिक्षा र स्वस्थ जस्ता महत्वपूर्ण बिषयमा सेवा पुर्याउने उद्देश्य बोकेको समाज सेवामा समर्पित युवाहरुको समुह हो।
