मोरङमा स्कुटरलाई बसले ठक्कर दिँदा एकको मृत्यु

२०७६ माघ १७ गते

माघ १७, मोरङ । बिहिबार साँझ मोरङको सुन्दरहरैचा नगरपालिका ४ दुलारीस्थित सडकमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
को. १ ख ३२०२ नम्बरको बसले को ३९ प ७६०७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भिर घाइते घएका स्कुटर चालक सोही नगरपालिका(१० बस्ने ४१ वर्षीय बुद्धिमान राईको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनको उपचारको क्रममा धरानको घोपा अस्पतालमा मृत्यु भएको हो । उनलाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई कारवार्हीको लागि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

२०७६ माघ १७ गते
प्रतिक्रिया
सम्बन्धित