भ्रमण वर्ष २०२० उद्घाटनमा संचारकर्मीको मुख्य भूमिकाः मन्त्री कुसीयत


पौष १७, विराटनगर । प्रदेश एकमा ५ लाख पर्यटक भित्राउने लक्ष्यसहित जनवरी १ तारिक अर्थात पौष १६ गते पर्यटन वर्ष २०२० को शुभारम्भ भएकोे छ ।
वर्षेनी नेपालमा ९५ प्रतिशत भारतिय पर्यटक भित्रिने गर्दछन् । भारतबाट आउने अधिकांश पर्यटक नेपालबाट फर्कदा सुरक्षाका हिसाबले सन्तुष्टि रहेको प्रचार प्रसार समितिका संयोजक पुन्य भट्टराईको दावी छ ।
उनका अनुसार नेपालमा वाह्य पर्यटनका लागि ट्राभल एजेन्सीमा ठगिने भएकाले एउटा ट्राभल एजेन्सी लाई ५ लाख धरौटी लिने गरिएको छ । ताकि पर्यटक ट्राभल एजेन्सीबाट नठगियोस् भन्ने कारणले ऐन कानुन नै बनाईएको भट्टराईले बताए । नेपालमा स्थिर सरकार रहेकाले पनि सुरक्षाको हिसाबमा कुनै किसिमका बाधा तथा अप्ठयारो नरहेको उनको भनाई छ ।
अथिती देव भवको मूल मन्त्रसहित प्रदेश १ मा भ्रमणका लागि आउने पर्यटकहरुका लागि प्रशासनिक कठिनाईलाई हल गर्ने योजना रहेकोे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिस प्रसाद कुसियतको भनाई छ ।
बहुदलीय व्यवस्था पछि मुलुक संघियतामा गए पछिको पहिलो पटक भ्रमण बर्ष २०२० को उद्घाटन समारोहमा विराटनगरबासीको सहभागीता उत्साहजनक भएको मन्त्री कुसियतले बताए ।
नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम सफल हुनमा संचारकर्मीहरुको मुख्य भूमिका रहेको साथै आम मन्त्रि कुसियतको भनाई छ । उद्घाटन समारोमा सरोकारवालाको उपस्थिति नभएको चौतर्फि चासोको विषय रहेको भए पनि सरकारी कार्यालय, विद्यालय सार्वजनिक विदा नभएको कारण र अभिभावक आउने ठाँउमा विद्यार्थीहरु आएकाले पनि परिवारको एकजना उपस्थिति भएको उनको भनाई छ ।
सामान्यतया प्रदेशको राजधानीमा आम जनमानसको उपस्थिती उत्साहजनक भएको उनको दावी छ । प्रचारप्रसारमा कुनै पनि खालको सम्झौता नरहेको र आम समुदायमा, विभिन्न माध्यमबाट प्रचार–प्रसार भएको बताए ।
भ्रमण वर्ष २०२० को आगामी कार्ययोजना नेपाल भ्रमण वर्ष २०२० मुल समारोह व्यवस्थापन उपसमितिका संरक्षक प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, अध्यक्ष उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदिस कुसियतसहितको १५ सदस्यको बैठकले यो महिनाभरीमा निर्णय हुने मन्त्री कुसियतले बताए ।
