सिटिजन्स बैंकद्वारा सिरहामा निःसहायलाई कम्बल वितरण

माघ २, काठमाडौँ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिरहाको  गाउँपालिकाको विप्पन निःसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ । 

यस बैंकले चिसोका कारण जनजिवन प्रभावित हुँदै गएपछी सिरहा जिल्लाको भवानीपुर गाउँपालिकाको ठाडी टोल र नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालिकाका विप्पन निःसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको हो ।   

न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका गरिब, सिमान्तकृत तथा निःसहाय व्यक्तिहरुलाई सानो पाईला नामक गैर सहकारी संस्थासँगको सहकार्यमा बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत १५० थान कम्बल वितरण गरेको छ । उक्त कार्यक्रममा  सरोकारवालाको बाक्लो उपस्थिति रहेको थियो।   

केही दिन यता लगातार शितलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा बैंकले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् । शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न यो कार्यक्रम संचालन गरिएको कुरा बैंकले जनाएको छ।  

चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारलाई बैंकले कम्बल वितरण गरेको हो । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी गराएकाे छ  ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *