स्टाइलिश देखिने चक्करमा टाइट जिन्स लगाउँदा लाग्न सक्छ हैँ खतरनाक राेग

माघ २ ।  पश्चिमा संस्कृतीको सिको गर्दै आधुनिक जीवनशैली अपनाएर स्टाइलिश देखिने चक्करमा युवतीहरूको आजकल टाइट जीन्स लगाउने फेशन चलेको छ । आफ्नो फिगर राम्रो देखिन्छ र सबैलाइ आकर्षित गर्न सकिन्छ भन्ने हेतुले टाइट जीन्स लगाउदा स्वास्थ्यलाई निकै नै हानि गरिरहेका हुन्छ । यसबारेमा सबैलाइ थाहा नहुन पनि सक्छ । पर्फेक्ट फिगरको चक्करमा क्यान्सर र हृदयघात जस्ता गम्भीर रोग निम्तिरहेका हुन्छन् । 

टाइट जीन्स लगाउँदा गर्भाशय साँघुरिन्छ र बाँझोपन हुने खतरा बढ्छ । यस्तो जीन्सले पेटलाई निकै थिच्छ र पछि गएर समस्या आउँछ । युटेरसमा संक्रमण हुन्छ र समयमै उपचार नपाइएमा ट्युबमा स्थायी ब्लकेज आउँछ र पछि गएर आमा बन्न समस्या हुने विज्ञहरू बताउँछन । 

टाइट जीन्स लगाउँदा महिला र पुरुष दुवैमा कम्मर र पिठ्युँसम्बन्धी समस्या पनि निम्तिन्छ । यसले गर्दा मांसपेशीमा जोड पर्छ र नितम्ब स्वतन्त्र रूपमा हल्लिन पाउँदैनन् । यसैले गर्दा महिलाहरूमा स्लिप डिस्कको पनि समस्या आउँछ । 

Image result for टाइट जिन्स

टाइट जीन्सका कारण गोडाका नसामा भएका भल्भ कमजोर हुन्छन् अनि नसा फैलिन थाल्छन् जसबाट गाँठो बन्छ र गोडा बाउँडिने समस्या पनि बढ्छ । 

यसले मुटुरोग पनि निम्त्याउँछ । रक्तसञ्चार रोकिने भएकाले मुटुसम्म सही मात्रामा रगत नपुगेर मुटुरोगका साथै हृदयघातको सम्भावना बढ्छ । स्वास्थ्य अनुसन्धानकर्ताहरूले यस्तो जीन्स लगाउँदा छालाको क्यान्सरको जोखिम निकै बढ्ने समेत बताएका छन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *