उखु किसानको बाँकी भुक्तानी एक महिनाभित्र तिर्ने लिखित रुपमा प्रतिबद्धता

  

पुस १८, काठमाडौँ । शुक्रबार आन्दोलनरत उखु किसानको सबै बाँकी भुक्तानी रकम एक महिनाभित्र तिरी सक्ने भनेर लिखित रुपमा  प्रतिबद्धता भएको छ ।   

उद्योग मन्त्रालयले पुस १३ गते गृह मन्त्रालयलाई उद्योगी सम्पर्कमा ल्याईदिन गरेको पत्राचारपछि आज सर्लाहीको अन्नपूर्ण सुगर मिलका  सञ्चालक राकेश कुमार अग्रवालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आएरै लिखित रूपमा  प्रतिबद्धता गरेका हुन् ।   

Image result for आन्दोलनरत उखु किसान

बुधबार सरकारले उखु किसानहरुसँग माघको पहिलो साताभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने मौखिक प्रतिवद्धता गरे पनि किसानहरुले  पुस २५ गतेभित्र ८० प्रतिशत र माघ पहिलो साताभित्र बाँकी २० प्रतिशत रकम भूक्तानी दिने  प्रतिवद्धता मौखिक रुपमा मात्र नभई लिखित रुपमा नै आउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका थिए ।   

माइतीघरमा आन्दोलनरत किसानलाई मिलका संचालक अग्रवालले बुधबार र बिहीबार गरेर ५० लाख रुपैयाँ उनीहरुको खातामा पठाइएको जानकारी दिएका छन् ।  उनले गरेको लिखित प्रतिबद्धता अनुसार पुस २५ गतेभित्र मिलले ५ करोड रुपैयाँ किसानको खातामा पठाउनु पर्नेछ ।   

मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश भट्टराईका अनुसार अग्रवालले माघको पहिलो साताभित्र थप ७ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्ने र १८ गतेसम्म सबै रकम चुक्ता गर्ने प्रतिवद्धा गरेका छन् ।   

 उद्योगीले अन्नपूर्ण सुगर मिलको भुक्तानी गर्नुपर्ने रकम २५/२६ करोड बताएपनी किसानहरुले  ४० करोड भुक्तानी रकम रहेको दावी गर्दै आईरहेका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *