एनएमबि लघुवित्तकाे चालु आर्थिक वर्षको खुद नाफा ४ करोड ९० लाख

माघ १०, काठमाडौँ ।  एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ ।  

गत आर्थिक वर्षको यसै अवधिसम्ममा १ करोड ३ लाख रुपैयाँमात्र खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ८७ लाख रुपैयाँले बढाएको हो । लघुवित्तको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ६० पैसा पुगेको छ । जुन आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ३३ रुपैयाँ ८६ पैसाले वृद्धि भएको छ । 

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्नुका साथै खराब कर्जा उठाउन सफल भएका कारण खुद नाफा बढेको हो । यस अवधिमा लघुवित्तले १३ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ४ करोड ८१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन र २ अर्ब ४७ करोड रुपैयाँ बराबरको सापटीमार्फत ३ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । 

Image result for एनएमबि

लघुवित्तको चुक्ता पूँजी १६ करोड २० लाख रुपैयाँबाट बढेर २१ करोड ६ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ९ करोड ७० लाख रुपैयाँबाट बढेर १७ करोड ५८ लाख रुपैयाँ पुगेको छ । एनएमबि बैंकको ८ करोड २६ लाख रुपैयाँ लगानी रहेको लघुवित्तले यस अवधिमा खराब कर्जा २.८९ प्रतिशतबाट २.८२ प्रतिशतमा झार्न सफल भएको छ । 

लघुवित्तको प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ५२ पैसा र मूल्य आम्दानी अनुपात १७.१७ गुणा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *