कामना सेवा विकास बैंकको ११७ औं शाखा भिमसेनगोलामा

माघ १०, काठमाडौँ ।  कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं ३ अन्तर्गत काठमाडाैँ नगरपालिका वडा नं ३१ स्थित भिमसेनगोलामा माघ ८ गते आफ्नो ११७ औं  शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।   

 काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११७ वटा शाखा कार्यालयहरु तथा ६० वटा ATM मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।   

साथै बैंकले ABBS, Internet Banking, Mobile Banking V5 लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । 

Image result for कामना सेवा विकास बैंक

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *