सौराहा चोकमा चिकेन एण्ड एग फेष्टिवल हुँदै

पुष १७, चितवन।  रत्ननगर महोत्सवको अवसरमा  चिकेन एण्ड एग फुड फेष्टिवल आयोजना गरिने भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा यही पुष २५ गतेदेखी टिकौलीमा १० औं रत्ननगर महोत्सव हुँदैछ भने त्यसैको अवसर पारेर सौराहाचोकको बसपार्कमा चिकेन फेस्टिवल गर्न लागिएको हो ।  

कुखुराको मासु र अण्डाको खपत बढाउन, बिभिन्न जातजातीको खानाको प्रर्वधन गर्न फेष्टिवल आयोजना गरिएको फेस्टिवलका संयोजक एवंम् रत्ननगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ज्ञान बहादुर बिसुरालले जानकारी दिए  । फेस्टिवल यही पुष २९ गतेदेखी माघ ४ गते सम्म हुने उनले बताए ।  

५० वटा स्टल रहने फेस्टिवलका लागि बिहीवार सम्म ३० वटा स्टल बुक भईसकेको छ ।  फुडफेष्टिवलमा अण्डाका १६ परिकार, कुखुराको उपभोक्ताको चाहना अनुसारका परिकार, बंगुराका परिकार तथा बिभिन्न जातजातीका संस्कृतिसंग जोडिएका परिकारहरुको स्वाद चाख्न पाईने छ । पोल्ट्री जन्य उत्पादनमा अग्रणी जिल्ला चितवनको पूर्वी क्षेत्रमा ६० प्रतिशत पोल्ट्री जन्य उत्पादन हुँदै आएको छ ।  

फेष्टिवलको सहयोगी संस्थाहरुमा पूर्वी चितवन कुखुरा व्यवसायी संघ, रत्ननगर नगरपालिका, नेपाल मावि तथा प्रायोजकमा जावलाखेल ग्रुप अफ इण्डिष्टिज र सह-प्रायोजकमा किसान दाना उद्योग रहेका छन । यही पुस २५ गतेबाट रत्ननगर महोत्सव २०७६ सुरु हुदैछ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवको उपराष्टपति नन्दबहादुर पुनले उद्घाटन गर्ने संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए ।      

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *