धनुषामा सवारी दुर्घटना, दुईको मृत्यु एक घाइते

माघ १५, धनुषा । धनुषामा बुधबार भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने, एकजना घाइते भएका छन् ।   

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ गोदारमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स १ च १८५८ नम्बरको बोलेरो र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।   

दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका ६ बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीया प्रमिला साहको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जानकारी दिएको छ ।  दुर्घटनामा साहका ९ वर्षीय छोरा जोन साह समान्य घाइते भएका छन्। 

बोलेरो र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *