राजधानीको नाम वाग्मती मान्य नहुने भन्दै माइतीघरमा प्रदर्शन

पुष २१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम वाग्मती राखेको विरोधमा माइतीघरमा विरोध प्रदर्शन भएको छ।   

वाग्मती नामले प्रदेश ३ को पहिचान सम्बोधन नहुने भन्दै विभिन्न नेवार संघ संगठन, नेपाल आदिवासी जनजाति महासंघ लगायतले संयुक्त रुपमा विरोध कार्यक्रम गरेका हुन्।   

उनीहरुले प्रदेश नम्बर ३ को नाम वाग्मती राखिनुले सरकार पञ्चायतकालीन युग तर्फ अघि बढिरहेको भन्दै, उनीहरुले ऐतिहासिक सांस्कृति पहिचानलाई समेटने गरी ‘नेवाःताम्सालिङ’ राख्न माग गरेका छन् ।  प्रदर्शनकारीले नेकपा सचिवालयले प्रदेशको अधिकार मिचेको भन्दै वाग्मती प्रदेश आफूहरुलाई मान्य नहुने बताएका छन् ।   

नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा नै कायम गर्ने निर्णय गरेको थियो। तर प्रदेश सांसदहरुले भने केन्द्रले प्रदेशको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *