१२ लाख भारुसहित भारतीय नागरिक पक्राउ

माघ १५, काठमाडौं ।  १२ लाख भारुसहित एक भारतीय नागरिक पक्राउ परेका छ्न् । भारतको हिमाञ्चल प्रदेशका ३२ वर्षीय सुभाष चन्द प्रतिबन्धित १२ लाख भारुसहित पक्राउ परेका हुन् ।   

उनलाई वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट २ हजार दरको ६ सय थान प्रतिबन्धित भारतीय नोटसहित नियन्त्रणमा लिइएको हो ।   

प्रहरीले उनलाई रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.६ च.७४४० नम्बरको कार चेकजाँच गर्दा उक्त रकमसहित पक्राउ गरेको हो ।   

null

पक्राउ परेका चन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *