विभागद्वारा ४९ करोड ६५ लाख विगो जरिवाना माग दावि सहित मुद्दा दायर

पुस २७, काठमाडौं । आन्तरिक राजस्व विभागले श्रुति ट्रेडर्सले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोपमा ४९ करोड ६५ लाख विगो जरिवाना मागदावि गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।   

विभागले रुपन्देही सम्मरीमाई १ स्थायी घर भएका श्रुति ट्रेडर्सको प्रोपाईटर आशीष गुप्ता समेत २ जनालाई भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ४९ करोड ६५ लाख विगो कायम गरी विगोको दोब्बर सम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय हुन माग दावी गरी रुपन्देही जिल्ला अदालतमा आज मुद्दा दायर गरेको जनाएको छ ।   

विभागका अनुसार श्रुति ट्रेडर्सको प्रोपाईटर आशीष गुप्ता र उक्त फर्मका मुख्य कारोवारी सन्नी गुप्ताले न्युन विजकीकरण गर्ने, विक्री विलको रकम आम्दानीमा नदेखाउने, तिर्नु नपर्ने खरिदको लागत देखाउने गरेका थिए ।   

null

उक्त फर्मले मालवस्तु विना विल/विजक विक्री गर्ने तथा मौज्दात खातामा मालवस्तु देखिने तर गोदाममा मालवस्तु नदेखिएकोले उक्त फर्मले विल विजक जारी नगरी माल सामान विक्री गरी नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने आयकर चुहावट गरी राजस्व छलि गरेको देखिँदा उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित कार्य गरी सोही ऐनको दफा ४ (क) र (ख) बमोजिमको कसुरजन्य कार्य गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(५१) बमोजिम श्रुति ट्रेडर्सले ४९ करोड ६५ लाख ९५ हजार चार सय असी रुपैंया बराबरको राजस्व चुहावट गरेको देखिन आएको जिकिर गरेको छ ।   

विभागले श्रुति ट्रेडर्सका प्रोपाईटर आशीष गुप्ता र उक्त फर्मका मुख्य कारोवारी सन्नी गुप्तालाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) वमोजिम उक्त विगो रकम असुल उपर गराई विगोको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन माग दावी गरेको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *