फेरि धनगढीमा मृत भेटिइन् स्टाफ नर्स

१४ माघ, कैलाली ।  धनगढीमा एक स्टाफ नर्स मृत भेटिएको खबर सेलाउन नपाउँदै फेरी अर्की एक  स्टाफ नर्स  आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी छन्। 

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित माया मेट्रो अस्पतालमा  कार्यरत दाङ घोराहीकी २३ वर्षीया देवीका श्रेष्ठ आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी हुन् ।   

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार करिब १५ महिना अघि  बिवाह गरेकी श्रेष्ठ आफ्नै डेरामा  झुन्डिएको अवस्थामा मृत फेला परेकी थिईन् ।   

Image result for मृत भेटिइन्

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । करिब एक महिना अघी  धनगढीमै आफ्नै डेरामा  २० वर्षीया  स्टाफ नर्स सोनम ऐर मृत अवस्थामा फेला परेकी थिईन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *