रुपन्देहीमा बोराको थुप्रो खसेर एकै परिवारका चार जनाको मृत्यु

माघ १६, बुटवल । रुपन्देहीमा बोराको थुप्रो खसेर  एकै परिवारको चार भारतीय नागरिकको मृत्यु भएको छ ।   

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामन्डीमा आफैले सङ्कलन गरेर राखेको  बोराको थुप्रो खसेर एकै परिवारको चार भारतीय नागरिकको मृत्यु भएको हो ।   

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक केशव ज्ञवालीका अनुसार मृत्यु हुनेमा बिहारका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षीया सद्धव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिना खातुनको  रहेका छन् ।   

प्रहरीका अनुसार हुसेन परिवारले कोठा भाडा लिएर बिगत १५/२० बर्षदेखि कवाडीका बोरा जम्मा गर्ने र बोरा सिलाएर बिक्री वितरण गर्दै आएका थिए ।   

बोराको चाङ र बीचको साँघुरो ठाउँमा सुतिरहेका उनीहरुमाथि बोरा चिप्लिएर थिच्दा स्वास फेर्न नसकेर निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ ।  उनीहरुको शव पोस्टमार्ट‍मका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।   

घटनाको बिषयमा थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *