इरानलाई चौतर्फी घेरा हाल्ने अमेरिकाको यस्तो रणनीति

माघ ८, । अमेरिकी दबाबका कारण दक्षिण कोरिया इरानसँगै जोडिएको खाडी क्षेत्र होरमुजको जलडमूलमा सैन्य तैनाथी गर्न राजी भएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले मंगलबार यो घोषणा गरेको हो । उक्त घोषणासँगै दक्षिण कोरियाले सो क्षेत्रमा आफ्ना ३ सय सैन्यकर्मीको टोली सहितको एक युद्धपोत तैनाथ गरेको छ।   

यो समुद्री क्षेत्र ईरानको नजिक र अन्तर्राष्ट्रिय व्यापारिक मार्ग नजिकै रहेको छ ।  स्मरणरहोस्, पछिल्ला दिन अमेरिका र इरान बीचको तनाव युद्धको बिन्दुमा पुगेको छ। दक्षिण कोरिया र इरान एक अर्कामा निर्भर छन् । 

इरानसँग दक्षिण कोरियाको कूटनीतिक सम्बन्ध लामो समयदेखि सौहार्दपूर्ण रहेको छ। दक्षिण कोरिया र ईरान एक अर्कामा तेल र आयात निर्यातमा निर्भर रहेका छन्। यद्यपि इरानसँग २०१५ मा भएको आणविक सन्धि समाप्त भएपछि परिस्थिति बिग्रिन थालेको बताइन्छ ।   

उत्तर कोरियाको निरन्तर खतराका कारण दक्षिण कोरियाले अमेरिकी सेनाबाट महत्वपूर्ण समर्थन प्राप्त गर्दै आएको छ। त्यसकारण दक्षिण कोरिया अमेरिकी दबावमा झुक्दै आएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *