जागिरको खोजीमा हुनुहुन्छ ? काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले माग्यो कर्मचारी

माघ १७, काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले रिक्त रहेका २७ विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । 

शुक्रबार प्रकाशित सूचना अनुसार खानेपानीले उपप्रवन्धकदेखि चालकसम्मका २७ पदमा खुल्ला तथा समावेशी र आन्तरिक प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गरी स्थायी पदपूर्ति गरिने जनाएको छ ।   

योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र त्रिपुरेश्वरस्थित मानव स्रोत विकास शाखामा आवेदन बुझाउन सक्नेछन् । 

लिमिटेडले आन्तरिक, खुल्ला, महिला, पिछडिएको क्षेत्र, आदिबासी जनजाति, मधेशी, दलितबाट दरखास्त गर्न सकिनेछ ।   

हेर्नुहोस सुचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *