अष्ट्रेलियाको डढेलोबाट निस्किएको धुवाँले पृथ्वी एक फन्को मार्ने नासाको भनाइ

पुष २९, एजेन्सी । अष्ट्रेलियामा लागेको भिषण डढेलोबा निस्किएको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अष्ट्रेलिया नै पुग्ने नासाले बताएको छ। 

महिनौँदेखि अष्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको छ। 

नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र जनवरी ८ सम्म पृथ्वी आधा घुमेको नासाको भनाइ छ। 

न्यूजील्याण्डतर्फ जाँदै गरेको धुँवा

‘त्यो धुवाँले पृथ्वीको कम्तीमा एक फन्को लगाउने अपेक्षा गरिएको छ,’ अमेरिकी अन्तरिक्ष संस्थाले बताएको छ। 

नासाका अनुसार जनवरी १ ताका डढेलोको धुँवाले दक्षिण अमेरिका पार गरिसकेको थियो भने जनवरी ८ सम्म यो धुँवाले संसारको आधा चक्कर लगाइरहेको छ । 

अष्ट्रेलियाको डढेलोका कारण अहिलेसम्म कम्तीमा २८ जनाको मृत्यु भएको छ भने दुई हजार बढी घरमा क्षती पुगेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *