नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० आयोजना हुँदै

माघ ६, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०’ आयोजना हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रालि र Futurex Trade Fair & Events Pvt. Ltd को संयुक्त आयोजनामा आउँदो माघ १७, १८ र १९ गते छैंठौँ Nepal Wood International Expo / Nepal International Furniture and Home Décor Expo हुन लागेको हो ।
प्रदर्शनीमा विश्वका विभिन्न देशका २०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहने आयोजकले जानकारी दिएको छ ।

फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुका बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिका बारेमा जानकारी गराउनका लागि यो प्रदर्शनी कोसेढुङ्गा सावित हुने आयोजकको दाबी छ ।
उक्त अन्तराष्ट्रिय प्रदर्शनीमा उडवर्किङ एण्ड फर्निचर म्यानुफ्याक्चरिङ मेशिनरिज, पावर टुल्स, प्लाईउड, डोर्स एण्ड विन्डोज, फिटिङ्ग, उड एसेसरिज, रमेटेरियल, इन्टेरियर डिजाइन, होम डेकोर तथा फिनिस्ड प्रोडक्टहरुको पनि उल्लेखनीय सहभागिता रहने जानकारी दिइएको छ ।
प्रदर्शनीमा आयोजकहरुले संसारभरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । यसले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्नेछ ।
सो अन्तराष्ट्रिय प्रदर्शनीका सहयोगी संस्थाहरुमा Society of Nepalese Architects (SONA), Society of Consulting ArchitecInterior Designers Association Of Nepal (IDEA NEPAL) रहेका छन् ।








