एन आई सी बैंकले ल्यायो १०% क्यासव्याक अफर

पुस १८, काठमाडौँ ।  एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना समस्त डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकलाई  १०% क्यासव्याक अफर  ल्याएको छ ।  नयाँ बर्ष २०२० को अवसरमा यस बैंकले  ३१ डिसेम्वर २०१९ देखि २५ फेब्रुवरी २०२० सम्म Visa कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १०% वा अधिकतम  १५०० सम्म क्यासव्याक प्रदान गर्ने अफर ल्याएकाे हाे ।  

उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्तगर्न बैंकका डेविट एवं क्रेडिटकार्ड वाहकहरुले सामान वा सेवा खरिदगर्दा न्यूनतम रु. ५०० तथा सो भन्दा बढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटक सम्म कारोवार गरिएको हुनुपर्नेछ ।  यस योजनाले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

यस बैंकले मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *