अन्डरवर्ल्ड डन दाउद इब्राहिमको अखडा नेपालमा !

माघ २, काठमाडौं । अन्डरवर्ल्ड डनका रुपमा परिचित दाउद इब्राहिमको सबैभन्दा नजिक मानिएका एजाज यूसुफ लकडावालाले दाउदले पछिल्लो समय काठमाडौलाई पनि आफ्नो अखडा बनाउँदै आएको खुलासा गरेका छन् । केही दिन अघि लकडावालालाई मुम्बै प्रहरीले पटनाबाट पक्राउ गरेको थियो । सोधपुछको क्रममा उनले सो खुलासा गरेका हुन् ।   

भारतीय सञ्चारमाध्यम प्रभात खबर अखबारका अनुसार दाउदले  काठमाडौँमा अड्डा बनाएर आफ्नो कारोबार गर्दै आएको एजाजले भारतीय प्रहरी समक्ष वयान दिएका छन् । 

 प्रभात खबरमा भनिएको छ, २००८÷०९ देखिनै दाउदले कम्पनी विस्तारको गरेका थिए । काठमाडौंको कारोबार लकड़ावालाले सम्हाल्दै आएको बताइएको छ । उक्त समाचारमा लेखिएको छ, ‘नेपालको राजधानी काठमाडौँमा दाउद कम्पनीले करोडौँको लगानी गरेर निकै ठूलो कारोबार खडा गरेको छ, सबैभन्दा ठूलो लगानी इन्फ्रास्टक्चर क्षेत्रमा छ । कयौं कन्स्ट्रक्सन र अन्य कम्पनीमा उसको लगानी छ, यसमा नेपालका कयौँ नेताहरुको पनि पार्टनरशिप छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *