छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

माघ १७, काठमाडौं । रुपन्देहीमा मोटरसाइकल र भ्यान एकापसमा ठोक्किँदा एक जनाएको मृत्यु भएको छ ।   

रुपन्देहीको देवदह नगरपालिका–१० मा बिहीबार राति लु३८प ४५५४ नम्बरको मोटरसाइकल र लु१ज३०९० नम्बरको भ्यान आपसमा ठोक्किँदा मोटरसाइकल चालक ३६ वर्षीय प्रकाश भट्टराईको मृत्यु भएको हो ।   

चालक प्रकाश रुपन्देहीको केरवानी–२ का हुन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।   

Image result for दुर्घटना

भ्यान चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडी बढाएको छ ।   

त्यस्तै पर्सामा डिभाइडरको ठक्करबाट जिप पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा जिपमा सवार बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीका १६ वर्षीय आकास पटेल रहेका छन् ।   

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

पर्साको वीरगञ्ज महानगरपालिका–१२ मुर्लीचोकमा बिहीबार राति गण्डकीबाट वीरगञ्जतर्फ जाँदै गरेको बा१५च नम्बरको जिप सडक डिभाइडरमा ठोक्किएर पल्टिएको हो ।   

घाइते चालकसहित ३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *