घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

पुष २५, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ७५ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको हो । 

शुक्रबार छापावल सुन प्रतितोला ७४ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको नेपिाल सुनचाँदस् व्यवासायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ७४ हजार ३ सयमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ घटेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *