अष्ट्रेलियाबाट निस्केको धुँवा दक्षिण अमेरिकासम्म पुग्यो

पुष २३, काठमाडौं । अष्ट्रेलियामा लागिरहेको डढेलोबाट निस्किएको धुँवा अहिले दक्षिण अ‍मरिकी मुलुकसम्म पुगेको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकी मुलक उरुग्वेसम्म पुगेको छ । 

‘यही जनवरी ६ सोमबार दिउँसोदेखि हामीले उरुग्वेको आकाशमा धुँवाका भुल्कोहरु देख्न थालेका छौं’, उरुग्वेको मौसम विज्ञान विभागद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

अष्ट्रेलियामा लागेको ठूलो डढेलोका कारण उत्पन्न धुँवाले त्यस क्षेत्रका अन्य देशहरुमा समेत असर पारेको छ । विभागका प्रविधि व्यवस्थापक लुकिया चिपोनेल्लीले उरुग्वेका सञ्चार माध्यमहरुलाई दिएको जानकारीअनुसार अष्ट्रेलियाबाट आएको धुँवाले उरुग्वेको वायुमण्डललाई समेत प्रदुषित गराएको छ ।   

उनले सो धुँवाकै कारण मानवीय स्वास्थ्यमा ठूलो असर पर्ने अवस्था भने नरहेको स्पष्ट पारे । अष्ट्रेलियाको धुँवा प्रशान्त महासागर हुदै झण्डै १३ हजार किलोमिटरपछि दक्षिण अमेरिका आइपुगेको उनले बताए ।   

गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अष्ट्रेलियामा अहिले पनि जारी छ । आगलागीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको, लाखौँ जंगली जनावर जलेर मरेको र ठूलो मात्रामा जंगल नष्ट भएको छ । सिन्ह्वा 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *