सनराइज बैंकको ४७ औं शाखा मोरङ्गको मृगौलियामा

 माघ १३, काठमाडौँ । सनराइज बैंक लिमिटेडले आफ्नो ४७ औं शाखा माघ ११ गते  मोरङ्गको मृगौलियामा संचालनमा ल्याएको छ । 

यस बैंकले  बैंकिङ्ग सेवा नपुगेका बिभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यले  मोरङ्गको मृगौलियामा बैंकिङ्ग सेवाको सुरूवात गरेको हो ।   

यस बैंकले  एक कार्यक्रमको आयोजना गरी  सुन्दरहरैचा नगरपालिकाका वडा नं २ का अध्यक्ष दोरी लाल चाैधरी र सुन्दरहरैचा नगरपालिका सदस्य  राम लाल गछधारकाे हातबाट संयुक्त रुपमा उद्घाटन गराएका हुन् ।  

उक्त बैंकिङ्ग सेवाका प्रतिनिधि  देव नारायण चोेैधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे शाखारहित बैंकिङ्ग सेवा संचालन गरिएकाे छ । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ ।   

यस  सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ ।   

हालसम्म सन््राइज बैंकले १३० वटा शाखा,४७ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *