सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न

पुस २९, काठमाडाैँ ।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मंगलबार काठमाडौ महानगरपालिका वडा नं ६ लैनचौर स्थित लैनचौर ब्याङ्क्वेटमा आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ. व.२०७५/०७६ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७६ आषाढको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण तथा विस्तृत आयको विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।  

सभाले चालु आ.व. २०७६/७७ को लागि  श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ ।   

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२,६०,६६,४०,४०० को ८.९५९३% (कर सहित)ले हुन आउने रु २३,३५,३७,२९६/९६ (अक्षरेपी रु. तेईस करोड पैंतीस लाख सैंतीस हजार दुई सय छयानब्बे रुपैया र पैसा छयानब्बे मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले स्वीकृत गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *