कामना सेवा र नेपाल क्लियरिङ्ग हाउस बीच आर.टि.जि.एस. सम्झौता

पुस २९, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउसबीच आर.टि.जि.एस. (RTGS) सम्झौता भएको छ ।   

पुस २८ गते नेपाल क्लियरिङ्ग हाउससँग भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले IPS/Connect IPS सुविधा अन्र्तगत आर.टि.जि.एस. (RTGS) सुविधा प्राप्त गर्न सक्ने छन्, जसबाट अन्तर बैंक भुक्तानी सुविधामा सहजता आउने बैंकले जनाएको छ ।   

यसअघि बैंकले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग पनि आर.टि.जि.एस. ९च्त्न्क्० सम्झौता गरेको थियो ।   

बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै ABBS, SMS Banking, Mobile Banking लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको उक्त बैंकले समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *