चलचित्र ‘किर्ति’ को शुभ मुहूर्त सम्पन्न

माघ ७, काठमाडौँ ।  राजु गिरि प्रोडक्सन प्रालि र सिक्किम फिल्म्सको संयुक्त प्रस्तुतीमा चलचित्र ‘किर्ति‘ को मंगलबार राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त सम्पन्न भएकाे छ ।  

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न शुभ मुहूर्त कार्यक्रममा बरिष्ट सौन्दर्यबिद सिता पाठक, ईभेण्ट अर्ग्नाइजर गोमा धिताल,  नेपाल चलचित्र कलाकार संघका सदस्यहरु रामेश्वर बुर्लाकोटी, धर्मेन्द्र आचार्य, जिबन थापा, कलाकार सुदर्शन आचार्य लगायतका अतिथीहरु रहेका थिए । 

उक्त चलचित्रका नायक रोशन बिशुंके, कलाकार सबिन बास्तोला, कलाकार सावित्रा चिलुवाल लगायतका कलाकारले मुहूर्त सर्ट दिएको कार्यक्रममा प्रमुख अतिथि रबिन्द्र खड्काले क्ल्याप दिएर  शुभ मुहूर्त सम्पन्न गरेका थिए । 

IMG_1132.JPG

चाडैनै दार्जीलिङ र सिक्किममा छायाँकन थालिने चलचित्र ‘किर्ति‘ मा नायक रोशन बिशुंके, नायक कमल शर्मा, नायिका करिश्मा क्षेत्रि, कलाकारहरु सबिन बास्तोला, सावित्रा चिलुवाल, दावा गुरुङ, सारदा गिरि(काली बुढि) छनौट भएका र अन्य कलाकारहरु सिक्किम बाटनै अडिसन मार्फत छानिने निर्माता दावा गुरुङले बताए । 

चलचित्र ‘किर्ति ‘का प्रस्तुतकर्ता नबिन पाख्रिन हुन भने निर्देशक राजु गिरि, निर्माता दावा गुरुङ, संगीत नबिन पाख्रिन, छायांकन रामेश्वर हुँमागाई र कोरियोग्राफर रामजी लामिछाने रहेका छन् ।  एक करोड भन्दा बेसीको लगानीमा निर्माण गर्न लागिएको चलचित्र ‘किर्ति’ को सम्पूर्ण छयांकन सिक्किम र दार्जीलिङमा गरिने कुरा निर्माता दावा गुरुङ बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =