नबिल बैंकको थप २३ नयाँ शाखा संचालनमा

माघ १, काठमाडौँ । नबिल बैंक लिमिटेडले नेपालको बिभिन्न स्थानमा हाल स्थापित भएका शाखाहरू अतिरिक्त थप २३ स्थानमा आफ्ना शाखा संचालनमा ल्याएको छ ।   

यस बैंकले प्रदेश १ मा इनरुवा, बिराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाट, प्रदेश २ मा र्मिचैया, गोलबजार, शिराहा र चन्द्रपुर,  प्रदेश ३ मा कमलबिनायक, हात्तिगौडा, कपन, गजुरी, बनेपा, पनौती र पर्सा, प्रदेश ४ मा गैँडाकोट, दलदले र कावसोती प्रदेश ५ मा चन्द्राैटा, बर्दाघाट र मणिग्राम गरी जम्मा २३ नयाँ शाखाहरु संचालनमा ल्याएको हो ।   

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समय अनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १०२ शाखा, १४३ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टबाट सेवा प्रदान गर्दै आईरहेको छ ।   

Image result for नबिल बैंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *