लग्जम्बर्गका विदेशमन्त्री बुधवार नेपाल आउँदै

माघ १४, काठमाडौँ । लग्जम्बर्गका विदेशमन्त्री लग्जम्बर्गका विदेशमन्त्री बुधवार नेपाल आउने भएका छन् । 

विदेशमन्त्री तथा युरोपियन मामिला मन्त्री जेन एसेनबर्ग दुई दिने भ्रमणका लागि नेपाल आउने भएका हुन् ।   

उनले बुधवार नै नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

null

उनले भ्रमणका क्रममा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् ।   

बुधवार दुई देशबीचको दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्नेछ । सो अवसरमा लग्जम्बर्गले कार्यक्रमसमेत गर्नेछ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *