विद्यार्थीकाे शिक्षण सिकाइमा कुनै खोट हुनुभएनः नेपाल
२०७६ पुस १७ गते

पुस १७, काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहिवार भूकम्पले ध्वस्त काठमाडौं शंखरापुर–२ स्थित शारदा माविलाई पुनर्निमित अत्याधुनिक भवन हस्तान्तरण गरेका छन् ।
विद्यालयलाई नयाँ भवन हस्तान्तरण गर्दै नेपालले पुनर्निर्मित भवनमा विद्यार्थी भरेर उनीहरुलाई टिकाउने र सिकाउने जिम्मा विद्यालयको भएको बताए ।
‘विद्यालयको भवन मात्रै ठूलो तर, कक्षाकोठा खाली नहोस्’, नेपालले भने– ‘जसरी नयाँ भवनमा कुनै खोट छैन त्यसरी नै विद्यार्थी संख्या र शिक्षण सिकाइमा पनि कुनै खोट हुनुभएन ।’
सरकारले विद्यालय भवन, शिक्षक दरबन्दी, पाठ्यपुस्तक, तालीम, छात्रवृृत्ति दिइरहेको अवस्थामा अब सामुदायिक विद्यालयहरुले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याएर टिकाउँदै सिकाउँदै तह पार गर्नुपर्नेमा उनले जोड दिए ।
२०७६ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित








