जाडोमा यसरी आफ्नाे सौन्दर्यको ख्याल राख्नुहोस्

माघ १, एजेन्सी ।  जाडोयामको सुरुवातीसँगै छालामा विभिन्न समस्या आउन थाल्छ । विशेषगरी जाडो याममा सुख्खा हुने भएकाले छाला खस्रो हुने, फुट्ने आदि जस्ता समस्या देखा पर्छ । जाडो महिनामा छाला बिग्रनुका प्रमुख कारण भनेको चिसो हावा, पानी कम पिउनु, फलफूल र हरियो सागसब्जी धेरै कम खानु वा खाँदै नखानु, अनुहारमा क्रिम लगाउन अल्छी मान्नु, फेसियल नगर्नु, छाता नओढी हिँड्नु इत्यादि हुन् । 

साथै वाहिरी चिसो र भित्री तातोको सन्तुलन नमिल्दा पनि त्यसको प्रभाव छालामा देखिन्छ । त्यसैले जाडो मौसममा छालालाई सुरक्षित राख्न तथा अनुहारमा चमक ल्याउन आवश्यक उपायहरु अपनाउनुपर्छ। 

कसरी हेरचाह गर्ने ? 

Image result for सौन्दर्य

१्र प्रसस्त पानी पिउने 

२. तातोपानीले वाफ लिने । यसले बन्द भएको रोमछिद्र खुल्छ 

३. मौसमी फलफुल खाने । 

४. मनतातो पानीले नुहाउने 

५. जाडोयाममा प्रायः हातखुट्टा, ओठ, अनुहार र आँखामा बढी असर पर्ने भएकाले हातखुट्टामा मोइस्चाराइजरको प्रयोग गर्ने । 

६. धेरै हिटर नताप्ने। लामो समय हिटरको रापमा बस्दा त्यसले छालालाई सुख्खा बनाउँछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *