चिसो मौसममा चियामा अदुवा राखेर खाँदा हुने फाईदाबारे जान्नुहोस्

पुस २४ ।  जाडो मौसममा चिया पिउनेको संख्या बढ्ने गर्छ । चिसोमा चिया पिउनेले स्वस्थ चियाको विकल्प रोज्नुपर्छ । सादा चियाको सट्टा अदुवा र ल्वाङ राखेर चिया पिउने हो भने शरीरलाई फाइदा गर्छ । यसले शरीरलाई न्यानो पार्नुका साथै धेरै रोगबाट बचाउन मद्धत गर्दछ ।   

चिकित्सकका अनुसार जाडोमा अदुवा र ल्वाङ हालेको चिया खानुका छुट्टै महत्व हुन्छ । अदुवामा भिटामिन सी को मात्रा धेरै हुन्छ । साथै म्याग्नेसियम र अन्य खनिज पदार्थ धेरै मात्रामा पाइन्छ । अदुवाको जरा स्वास्थ्यको लागि राम्रो मानिन्छ ।  यस्ता छन् जाडोमा अदुवाको चिया खानुका फाइदा 

रुघा खोकीबाट छुटकारा 

Image result for चियामा अदुवा

चियामा अदुवाको प्रयोग गर्नु रुघा तथा खोकी राहतमा धेरै प्रभावकारी हुन्छ । अदुवामा तुल्सीको पात, मह, कागती र ल्वाङ मिसाएर पनि खान सकिन्छ।   

पाचन शक्ति बढाउछ 

अदुवाको चिया पिउँदा पाचन शक्ति बलियो हुन्छ । यसको प्रयोगले पेट दुखाई र ग्याससम्बन्धी समस्यालाई कम गर्दछ । जाडो मौसममा अदुवाको चिया वा रस पिउँदा कागती र कालो नुन मिसाउने हो भने पेटको समस्या निराकरण हुन्छ। 

तौल नियन्त्रण गर्छ 

अदुवा मोटो शरीरको लागि धेरै फाइदाजनक हुन्छ । तौल कम गर्न चाहने व्यक्तिका लागि अदुवाको पानी र चिया राम्रो हुन्छ । वास्तवमा अदुवामा कार्टिसोल भएको कारण पेटको बोसो र शरीरको अधिक बोसो कम गर्न मद्धत गर्छ ।   

एलर्जीको रोकथाम 

अदुवामा एन्टी ब्याक्टेरियल र एन्टी अक्सीडेन्टको गुण हुन्छ । जसले धेरै रोगहरुबाट बच्न मद्धत गर्छ । जाडो मौसममा हुने विभिन्न किसिमको संक्रमण र एलर्जी बाट बचाउँछ । हाड जोड्नीको दुखाईको समस्या भएका व्यक्तिलाई अदुवाले धरै फाइदा गर्दछ ।   

रक्त सञ्चारमा सुधार 

अदुवामा रहेको भिटामिन, खनिज र एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो बनाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ।   

तनाव मुक्त 

दिकदार र तनाब बाट बच्न अदुवाको चिया एकदमै फलदायी हुन्छ । जाडो मौसम र व्यस्त जीवनशैलीमा अदुवा एक सबै भन्दा राम्रो औषधी बन्न सक्छ। अन्नपुर्ण पोस्टबाट  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *