कृषि विकास बैंकको ३० प्रतिशत लाभांश पारित

पुस २८, काठमाडौं । कृषि विकास बैंकको १३ औं बार्षिक साधारणसभाले प्रस्तावित ३० प्रतिशत लाभांश पारित भएको छ ।   

हिजो आइतबार सम्पन्न बैंकको १३ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेपछि अब शेयरवालाले ३० प्रतिशत लाभांश पाउने बाटो खुलेको छ । 

सभाले पारित गरेसँगै शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी २४ प्रतिशत नगद(कर सहित) र ६ प्रतिशत बोनस शेयर पाउने छन् । बैंकले करिब २ लाख ५७ हजारको संख्यामा रहेका शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गर्ने छ । 

भक्तपुरको बोडेस्थित बैंकको केन्द्रिय तालिम प्रतिष्ठानमा भएको साधारणसभाको अध्यक्षता क्षेत्रबहादुर सेंजुवालले गरेका थिए । बैंकले हाल २७४ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । कृषि विकास बैंक नेपालको वाणिज्य बैंकमध्ये सबैभन्दा बढी अधिकृत पुँजी पुर्याउन सफल भएको छ । 

सभामा विभिन्न संघ संस्थाका प्रतिनिधि, उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु झक्कप्रसाद आचार्य, रघुराम विष्ट, संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरांगाई, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *