पत्रकार आफ्नो व्यावसायिक धर्मप्रति प्रतिवद्ध भए प्रेस स्वतन्त्र हुन्छ : सञ्चारमन्त्री

पुस १७, धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मर्यादित र आलोचनात्मक चेत भएको प्रेसको विकासमा सरकार लागि परेको बताएका छन् ।   

बिहीबार नेपाल पत्रकार महासंघ कैलाली शाखाको भवन उदघाटन गर्दै सरकारका प्रवक्तासमेत रहेका बास्कोटाले आफु चुप्पी बोकेर प्रेसलाई सिध्याउन नहिँडेको जिकिर गरे ।   

उनले प्रदेशस्तरबाट मिडियाले पाउने सेवा पाउने गरी कानुन बनाइरहेको जानकारी दिँदै ‘लोक कल्याणकारी विज्ञापन, प्रेस पास, उजुरी, धर्ना जे जे गर्नुपर्छ त्यही गर्नेगरी सात प्रदेशमा एकीकृत कार्यालय बनाउनन  ५० लाखको दरले सातै प्रदेशलाई बजेट उपलब्ध गराएका बताए ।   

सूचना प्रविधि विधेयकबारे धेरै प्रश्न उठेको भन्दै उनले यसले मिडियालाई नै फाइदा हुने दाबी गरे । 

पत्रकारहरु आफ्नो व्यावसायिक धर्मप्रति प्रतिवद्ध भए नेपाली प्रेस स्वतन्त्र हुने उनले बताए । सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्यो भन्ने आरोपमा उनले भने, ‘ ‘कुन्ठाग्रस्त मनस्थितिको कुन्ठित अभिव्यक्ति मात्रै हो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *