इरानमा विमान दुर्घटना : विमानमा सवार १७६ जनाको मृत्यु

पुष २३, काठमाडौं । इरानको  राजधानी तेहरानस्थित ईमाम खामेमी एयरपोर्टमा बुधबार विहान भएको विमान दुर्घटनामा परि विमानमा सवार सबै १ सय ७६ जनाको मृत्यु भएको छ ।   

तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटना हुँदा  १ सय ६७ यात्रृु र चालकदलका ९ जनागरि १ सय ७६ जनाको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यामले जनाएको छ ।   

ईरानको फोर्स न्यूज एजेन्सीका अनुसार प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको हो । फ्लाइट रडार २४ वेबसाइटले एयपोर्टको डाटाको आधारमा यूक्रेनको बोइङ ७३७-८०० विमान स्थानीय समय अनुसार विहान ५ः१५ बजे उडान भरेको थियो ।  

हादसे के बाद आपातकालीन सेवाएं जांच के लिए घटनास्थल पर पहुंच गईं।

उडान भरेको केही समयमा नै फ्लाइटले डाटा फठाउन छोडेको थियो । एयरलाइन्सले दुर्घटनाको विषयमा अहिलेसम्म कुनै टिप्पणी सार्वजनिक गरेको छैन ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *