मितेरी बैंकद्धारा ऋषिकुल विद्यापीठलाई आर्थिक सहयोग

माघ १०, सुनसरी । जिल्लाको धरान–१४ विजयपुरमा रहेको ऋषिकुल विद्यापीठ गुरुकुललाई मितेरी डेभलेपमेन्ट बैंकले नगद सहयोग गरेको छ ।   

बिहिबार एक कार्यक्रमको आयोजना गदै बैंकका अध्यक्ष किसन मास्केले नगद एक लाख दश हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।   

उक्त विद्यापीठमा हाल १० कक्षासम्म अध्ययन, अध्यापन हुने गरेको छ । ६२ जना विद्यार्थीहरु रहेको विद्यालयमा १४ का शिक्षक श्रीप्रसाद कोइरालाले जानकारी दिए ।   

संस्कृति सम्बद्ध तथा संरक्षण र गुरुकुलको भौतिक विकासका लागि उक्त सहयोग गरेको मितेरी बैंकका म्यानेजर तुलसी प्रसाद बस्तीले जानकारी दिए ।   

चेक हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तिले विद्यालयका लागि सहयोग गर्न पाएकोमा बैंक परिवार नै खुशी भएको प्रतिक्रिया दिए । सो बैंकले विभिन्न समयमा सामाजिक क्षेत्रमा विविध कार्य समेत गर्दै आएको छ ।   

यस्तै रेडक्रस सोसाईटी सुनसरीका पूर्व सभापति टोम प्रसाद आचार्यले वार्षिक सहयोग स्वरूप मुठ्ठी दानका रूपमा २१०० रुपैयाँ दिने घोषणा गरे भने गुरुकुलका संस्थापक पण्डित पुरुषोतम भट्टराई र गुरुकुलका प्राध्यापक नवराज ढुंगेलले विद्यालयलाई सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =