विवाद नमिले कांग्रेस जिरोमा झर्छ : सुजता कोइराला

पुष १८, बुटवल । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आन्तरिक विवाद नमिले अब आउने निर्वाचनमा कांग्रेस जिरोमा झर्ने बताएकी छिन् ।   

प्रेस युनियनले बुटवलमा शुक्रबार आयोजना गरेका पक्रकार सम्मेलनमा उनले सभापति शेरबहादुर देउवाले फेरि सभापति बन्ने लोभमा पार्टीलाई नै समाप्त पार्न लागेको  आरोप लगाइन् ।   

पार्टीको विवाद तत्काल अन्त्य गर्नु पर्ने बताउँदै उनले अन्यथा कांग्रेसलाई भोट हाल्दा कार्यकर्ताको हात काप्ने उनले दावी गरिन् ।   

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी कोइरालाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =