चेक किर्ते गरी २० लाख रुपैंया निकाल्ने कार्यालय सचिव पक्राउ

माघ १६, काठमाडौं । चेक किर्ते गरी बैंकबाट २० लाख रुपैंया निकालेको आरोपमा काठमाडौंस्थित ताहाचाल सामुदायिक आवास व्यवस्थापन समाजका कार्यलय सचिवलाई  प्रहरीले पक्राउ गरेको छ । 

हस्ताक्षर भइसकोको चेकमा अंक र अक्षर थपि बैंकबाट २० लाख रुपैंया निकालेको आरोपमा ५६ वर्षीय सन्तोष घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । घिमिरे भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाडौंको दक्षिणकाली नगरपालिका ६ बस्दै आएका थिए ।   

कार्यालय प्रयोजनका लागि जारी भएको चेकमा किर्ते गरी बढी रकम निकालेर फरार भएका घिमिरेलाई बुधबार प्रहरीले बल्खुबाट पक्राउ गरेको हो । 

आवास व्यवस्थापन समाजले उनीविरुद्ध कालीमाटी वृत्तमा उजुरी दिएपछि उनलाई प्रहरलिे पक्राउ गरेको हो । 

गत पुस ९ गते सिद्धार्थ बैंक कुलेश्वर शाखामा चेक नम्बर ००२१४२२५५३१८०१ बाट ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजका कार्यालय सचिव घिमिरेले कीर्ते गरी २० लाख रुपैयाँ निकालेका थिए । कार्यालय प्रयोजनका लागि कार्यालयकै खाताबाट ६७ हजार ९१६ रुपैयाँ निकाल्न चेक जारी गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *