गायिका फिबी परियारको “बिर्सन गाह्रो छ” बजारमा (भिडियो सहित)

पुस २९, काठमाडौ । गायिका फिबी परियारकाे आवाजमा “बिर्सन गाह्रो छ” बोल रहेकाे गीत बजारमा आएको छ । काठमाडाैँमा एक पत्रकार सम्मेलनबिच उक्त गीत सार्वजानिक गरिएकाे हो । 

गायिका परियारले भनिन् “मेरो यो पहिलो प्रयास हो, मलाई लाग्छ यो गीतलाई सबै जनाले माया गर्नुहुनेछ ।”   

गीतमा गीतकार सुशिल दाहालको शब्द,चर्चित सङ्गितकार राजु सिंहको सङ्गित रहेको छ । गीतलाई अल्टर मिडियाले बजारमा ल्याएको हो । 

निर्देशक अरुण जंग शाहीको निर्देशन छायाँकन र सम्पादनमा तयार पारिएको यस गीतको भिडियोमा सुबास भुसाल,पारु कार्की र पूजा थापाको अभिनय रहेको छ ।   

https://youtu.be/-n9JjVZnGN0 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *