काठमाडौँमा नक्कली नोट र बनाउने सामानसहित ४ पक्राउ

पुस २४, काठमाडौँ । प्रहरीले विशेष सूचनाको आधारमा काठमाडौँमा  नक्कली नोट बनाइ कारोबार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । 

काठमाडौें बिभिन्न स्थानमा  नक्कली नोट देखाई ठगी आरोपमा उनीहरुलाई प्रहरीले नक्कली नोट र  नोट बनाउने सामानसहित केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरूलाइ गोंगबुबाट पक्राउ गरेको हो ।   

सल्यान शारदा नगरपालिका ७ घर भई काठमाडौं माछापोखरी बस्ने २९ वर्षीय कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखाल नगरपालिका १३ बस्ने ३२ वर्षीय बल बहादुर राना मगर, डोटी पूर्वी चौकी गाउँपालिका ३ घर भई काठमाडौं कपुरधारा बस्ने २४ बर्षीय आर्यान खड्का र धनकुटा छत्र जोरपटी गाउँपालिका ३ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने ३६ वर्षीय छत्र बहादुर लिम्बुलाई पक्राउ गरिएकाे व्यूरोले जनाएको छ ।   

Image result for नक्कली नोट

पक्राउ परेका उनीहरुको साथबाट  ‘श्री नेपाल राष्ट्र बैंक’ लेखिएका विभिन्न नम्बर उल्लेख भएका १ हजार रुपैयाँ दरका जम्मा ४ सय १३ थानमा रहेको ४ लाख १३ हजार रुपैयाँ खोटा मुद्रा (नक्कली) तथा १ हजार रुपैयाँ दरको नोटको A4 साईजको पेपरमा ४ वटा अट्ने गरी पछाडीको भागको रंगिन फोटोकपी गरेको पेपर ३५ थान, रंगिन फोटोकपी मेसिन १ थान र  सिपीयू १ थान फेला पारिएको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार हाल पक्राउ परेका उनीहरुमाथी अनुसन्धान भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *