सिद्घार्थ बैंकको सहयोगमा नि:शुल्क क्यान्सर जाँच शिविर

माघ ५, काठमाडाैँ ।  सिद्घार्थ बैंकले शनिबार काठमाडौं जिल्लाको ज्याठा, वडा नं २७ मा अन्नपुर्ण मिसास्पुचस् र नेपाल क्यान्सर केयर फाउण्डेसनसँग सहकार्य गर्दै निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संयुक्त रुपमा आयोजना गरेको छ । 

पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा ९४ जना महिलाको पाठेघर परिक्षण गरिएको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने बताइएकाे छ । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०० ATM र १,६०० भन्दा बढी POS मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *