खैरहनी नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउँदै

माघ ८ चितवन ।  चितवनको खैरहनी नगरपालिकाले आगामी शैक्षिकशत्रदेखी स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । पाठ्यक्रम निर्माणका लागि सुझाव संकलनको काम सुरु भएको छ ।   

गबै माध्यमिक विद्यालयमा अन्र्तक्रिया गरेर सुझाव संकलनको काम थालिएको खैरहनी नगरपालिका सामाजिक विकास समिति संयोजक एवंम् खैरहनी ७ का वडाध्यक्ष मनेजर चौधरीले जानकारी दिए ।   

खैरहनी १२ र १३ भित्र रहेका जनप्रतिनिधी,शिक्षाप्रेमी,राजनितिक दलका प्रतिनिधी,व्यवसायी,विद्यार्थीहरुको उपस्थितीमा आयोजित कार्यक्रममा उनीहरुको सुझाव संकलन भएको थियो । संकलित सुझाव विश्लेषण गर्न वाँकी रहेको संयोजक चौधरीले बताए । उनका अनुसार स्थानीय क्षेत्रको पहिचान र आवश्यकतालाई सो पाठ्यक्रममा समावेश गरिने छ ।   

त्यसैले क्षेत्रगत रुपमा साविक गाविसहरु खैरहनी, कुमरोज, कठार र चैनपुरका विद्यालयहरुमा कार्यक्रम गरेर सुझाव संकलन गरिन लागेको हो । खैरहनी नगरपालिकाले स्थानीय शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्यालको संयोजकत्वमा स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =