आज २९८ औं पृथ्वी जयन्ती, जनस्तरबाट विभिन्न कार्यक्रम गरिँदै

पुस २७, काठमाडौं । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । 

विक्रम संवत् १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा ५० वटाभन्दा बढी टुक्रे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । 

२० बर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरण अभियान अगाडि बढाएका थिए । उनको यही योगदानको कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२/०६३ को जनआन्दोलनपछि बनेको सरकारले एकता दिवस खारेज गरेको थियो । 

माओवादीको दबावमा तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले पृथ्वी जयन्ती र सो अवसरको बिदा कटौतीको प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । यद्यपि, त्यसपछिका बर्षमा पनि जनस्तरबाट पृथ्वी जयन्ती मनाउने क्रम भने जारी नै छ । 

पछिल्ला वर्षहरुमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन जनस्तरबाट माग भएपनि सरकारले उक्त आवाजको कदर गरेको छैन । यस वर्ष पनि जनस्तरका साथै सरकारमै रहेका कांग्रेस–राप्रपालगायत दलका केही मन्त्री एवं मूख्य राजनीतिक दलका नेताले पृथ्वीनारायण शाहलाई सम्मान दिने कार्यक्रम गर्न आग्रह गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहालले निर्णय नलिँदा सरकारीस्तरबाट कुनै कार्यक्रम आयोजना गरिएको छैन ।   

सरकारले सार्वजनिक बिदाको निर्णय पनि गरेको छैन । यद्यपि, जनस्तरबाट भने काठमाडौंमा बिहान ११ बजे सिंहदरबार अगाडी रहेको पृथ्वीनारायणको शालिकमा कार्यक्रम गरिँदैछ । 

देशका अरु भागमा पनि यस वर्ष पृथ्वी जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरिने भएको छ । पछिल्ला वर्षमा मुलुकमा विदेशी चलखेल र चासो बढेको तथा राज्य सञ्चालनमा रहेका नेता र प्रशासकहरु अमूक स्वार्थमा अल्झँदा मुलुकको राष्ट्रियता कमजोर बन्दै गएको भन्दै आमस्तरमा चिन्ता बढेकाले पनि पृथ्वी जयन्तीको सान्दर्भिकताको खोजी भइरहेको हो । 

देशका केहि प्रदेश र जिल्लामा आजको दिन सार्वजनिक विदा समेत दिइएको छ । राजसंस्था पक्षधर राप्रपा नेपालले आज पृथ्वी जयन्ती मनाउँदै छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =