प्रतिकूल मौसमले त्रिभुवन विमानस्थलकाे आन्तरिक उडान प्रभावित

माघ ३, काठमाडाैँ ।  लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ आंशिकरूपमा उडान प्रभावित भएको र अन्तर्राष्ट्रिय उडान सामान्य रहेको जानकारी दिए । आन्तरिकतर्फ बिहान केही उडान भए पनि अहिले आंशिकरूपमा मात्रै उडान भइरहेको महाप्रबन्धक केसीको भनाइ छ । 

बिहीबार साँझदेखिको निरन्तर वर्षाले काठमाडौँसहित देशभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खासगरी उच्च हिमाली भेग तथा पहाडी क्षेत्रका उडान बढी प्रभावित भएका छन् । 

Related image

मौसम बदलीसँगै निरन्तरको वर्षाले कम ‘भिजिबिलिटी’ हुँदा आन्तरिक उडानमा समयस्या भएको हो । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातका कारण पनि उडान प्रभावित भएको बताइएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० तथा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित २८ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *