अब विकास बैंकहरु पनि एनसीएचएलको connect RTGS मा

माघ ६, काठमाडौं । क्लियरिङ्ग हाउस लिमिटेडले विकास बैंकहरुलाई नेपाल राष्ट्र बैंकबाट सञ्चालित आरटीजीएस प्रणालीसँग इन्टिग्रेसन गर्न सहयोग गर्ने भएको छ ।   

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै क्लियरिङ्ग हाउस लिमिटेडल विकास बैंकहरुलाई उक्त प्रणालीसँग इन्टिग्रेसन गर्न सहयोग गर्नेछ ।   

यस सम्बन्धमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले मुक्तिनाथ विकास बैंक, ज्योति विकस बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंकसँग भिन्दा–भिन्दै सम्झौता गरेको छ । उक्त सम्झौता अनुरुप, नेपाल क्लियरिङ्ग हाउसले बैंकहरुलाई RTGS प्रणाली मार्फत् कारोबारहरु गर्न तथा आफ्नो कोर बैंकिङ्ग प्रणालीमा जोड्न चाहिने आवश्यक RTGS Integration Middleware,”connect RTGS उपलब्ध गराउने छ ।   

connect RTGS प्रणाली पहिलो चरणमा अधिकांश ’क’ वर्गका वाणिज्य बैंकहरुमा सफलतापूर्वक कार्यान्वयनमा आईसकेको छ र अब नेपाल राष्ट्र बैंकसँग RTGS प्रणालीको लागी Direct Member को रुपमा सम्झौता गरी सकेका ’ख’ तथा ’ग’ वर्गका वित्तिय संस्थाहरुको लागी पनि उपलब्ध गराइने छ । 

एनसीएचएलले आफ्ना सदस्य बैंक तथावित्तिय संस्थाहरु, गैर–बैंकिङ्ग सदस्यहरु जस्तै सरकारी तथा अर्धसरकारी संस्था, PSP/PSO र अन्य सेवा प्रदायकहरुलाई विभिन्न राष्ट्रिय भुक्तानी पूर्वाधारहरुको स्थापना तथा सन्चालन मार्फत समग्र बैकिङ्ग क्षेत्रलाई सहयोग पुर्याउँदै आएको छ ।   

एनसीएचएलसँग उपलब्ध भएका पूर्वाधारहरुलाई विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्डहरुको अनुपालनसहित connect RTGS  बैंक र वित्तिय संस्थाहरुका लागी न्यून मुल्यमा कार्यान्वयनमा ल्याइएको छ । 

आरटीजीएस प्रणालीमा ठूलो मुल्यका र तत्काल भुक्तानी गर्नुपर्ने कारोबारहरु सदस्य बैंक र वित्तिय संस्थाहरुबीच गरिन्छ । आरटीजीएस प्रणालीलाई तत्काल फण्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छौट सम्बन्धी जोखिम न्यूनीकरण गर्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ ।   

नेपालमा आरटीजीएस प्रणाली नेपाल राष्ट्र बैंकले लागू गरेको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *