नेवारी खाना महोत्सव हुने

पुस १८, काठमाडाैँ । नेवारी खानाको प्रर्वधन र स्थानिय कला सँस्कृतिको जगेर्ना गर्ने उदेश्यले एकदिने नेवारी खाना महोत्सव हुने भएको छ । 

भ्रमण वर्ष २०२० को अवसर पारेर चन्द्रागिरि नगरपालिकाको थानकोट स्थित कोटघरमा यही पौष १९ गते शनिबार एकदिने खाना महोत्सव हुन लागेको हो ।   

साथै उक्त खाना महोत्सवमा स्थानिय कला सँस्कृति झल्किने प्रस्तुती संगै बिभिन्न झाँकी समेत देखाइने आयोजक परिवर्तनशिल समाजका अध्यक्ष लेमन श्रेष्ठले बताए । 

उद्योग,पर्यटन वन तथा बातावरण मन्त्रालय प्रदेश नम्बर ३ 

सरकार र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा आयोजित महोत्सवको सम्पूर्ण तयारी पुरा भइसकेको छ भने उक्त खाना महोत्सवमा स्वदेशी र बिदेशी गरी २००० पर्यटकको उपस्थिती रहने आयोजकले बताएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *