नवजात शिशुलाई बोतलकाे दुध खुवाउनु कतिको असर ?

माघ १७, काठमाडौं । बच्चा जन्मे पछि आमाको दुध खान पाउनु बच्चाको नैसर्गिक अधिकार हो ।आमाको दूध मात्रै पोषणको लागि नभएर जीवनको धारा हो । यसले आमा र बच्चाहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । शिशुलाई जन्मेको छ महिना सम्म स्तनपानमा नै निर्भर राख्नुपर्छ । 

यो शिशुको जीवनको लागि जरूरी छ, किनकी आमाको दूध सुपाच्य हुन्छ र यसले पेटको गडबडीको पनि डर हुँदैन । 

स्तनपान गराउँने तरीका   

Image result for नवजात शिशुलाई बोतल को दुध खुवाउनु

स्तनपान गराउँने निश्चित तरिका हुन्छ । बच्चालाई आमाको काखमा टसाएर राख्नुपर्छ, बच्चाको टाउको अलिकति माथि आमाको स्तन सम्म पुर्याउनुपर्छ , स्तनको कालो भाग र निप्पल बच्चाको मुख भित्र पुग्नुपर्छ । त्यस पछि बच्चाले दुध खाएको आवाज आउनु पर्छ ,बच्चा आनन्द भएर बसेको हुनुपर्छ र यी सबै प्रक्रिया पुरा  भयो भने यस्लाई राम्रो स्तनपान गरिएको भन्ने बुझिन्छ । 

स्तनपान गर्न पाउनु हरेक जन्मेको बच्चाको अधिकार हो, त्यो अधिकार हनन् गर्नु हुदैन । आजभोली महिलाले शरीरीक बनाउट बिग्रने डरले स्तनपान गराउँदैनन् तर त्यसको कुनै तथ्यहरु छैन ।  बच्चा जन्मे पछिको ६ महिना सम्म आमाको दुध प्रयाप्त पुग्छ, यदि राम्रो सँग दुध आएको छ भने ६ महिना सम्म अरु बाहिरको दुध नदिदा राम्रो हुन्छ । 

समयको अन्तर कति   

बच्चलाई दुध खुवाउदा कति समयको अन्तरमा खुवाउने भन्दा पनि बच्चाले कति दुध खान मान्छ वा बच्चाकै  माग अनुसार खुवाउनु पर्छ ।  यदि बच्चा २ र २ घण्टामा खान खोज्छ अथवा त्यो भन्दा नि कम समयमा खान खोज्यो भने खुवाउन सकिन्छ । यदि बच्चा निदायो २ घण्टा सम्म पनि उठेन भने उस्लाई उठाएर भएपनि  खुवाउनु पर्छ अर्थात कुनैपनि बच्चालाई  २ घण्टाको अन्त्ररालमा दुध खुवाउनु पर्छ । बच्चा रोयो भने , बच्चाले  दिशा पिसाब,गरेपछि बच्चाको पेट खाली हुन्छ र तुरुन्तै दुध खुवाउनु पर्छ ।   

बच्चाले जति दिउसोमा दुध  खान्छन् त्यो भन्दा कम रातिको समयमा खाने गर्दछन् ।  दिउसो २ घण्टामा स्तनपान गराउँनु पर्छ भने रातीको समयमा ३ र ४ घण्टाको फरकमा खुवाउँनु पर्छ । 

धेरै कारणहरुले आमाको दुध नआउँने समस्या हुन्छ यदि यस्तो छ  भने औषधिहरु हुन्छ त्यो दिएर पनि दुध आउने बनाउनु पर्छ । औषधीको सेवनलेपनि  दुध आएन भने बच्चालाई  गाइको  अथवा बजारमा पाइने  दुधलाई थोरै पातलो गरेर  दिन सकिन्छ । 

बोतलबाट  दुध खुवाउदा कतिको असर   

बोतलबाट दुध खुवाउनु राम्रो होइन, किनभने बोतलको भित्र कीटाणुहरू हुन्छ जस्ले गर्दा बच्चाहरुलाई पखाला अथवा संक्रमण हुन सक्छ ।  बोतलबाट दुध खुवाउनु भन्दा चम्चा बाट दुध खुवाउनु राम्रो मानिन्छ ।  यस्ले बच्चाको स्वास्थ्यलाई पनि राम्रो गर्छ । 

बच्चाले बोतलको दुध खान बानी परेपछि  सजिलो तरिकाले दुध खान खोज्छ र आमाको दुध खान खोज्दैन । बोतलको  दुध खान जति सजिलो हुन्छ आमाको दुध खान अलि गाह्रो हुन्छ त्यसैले गर्दा सुरु देखि बोतलबाट दुध खुवाउनु हुदैन । 

स्तनपान गराउँदा आमाको स्वास्थ्यमा हुने फाईदा   

स्तनपान गराउँदा बच्चाको स्वास्थयको  साथसाथै आमाको स्वास्थ्यमा पनि त्यतिकै फाईदा पुग्ने गर्दछ । आमालाई फाइदा हुने कुराहरु भनेको मेटाबोलिक रेट बढाउनु , आमा हुने मेटाबोलिजम व्यवस्थापन गर्ने काम गर्छ, हार्मोनल परिवर्तन भइ रहेको हुन्छ त्यसलाई पनि स्तनपानले सन्तुलन गर्ने काम गर्छ । नियमित स्तनपान गराउदा गर्भावस्था रोकथाम गर्न पनि मर्दत पुग्दछ  । तर  गर्भ नै रहदैन भन्ने  सोच्नु गलत हो । स्तनपानले बच्चा र आमा बिचको  सम्बन्धलाई सुमधुर बनाउँछ ।   

बच्चालाई आमाको दुध नखुवाउदा हुने बेफाइदा 

बच्चालाई आमाको दुध खुवाउदा धेरै फाईदा पुग्ने गर्दछ । आमाको दुधमा एन्टिबायोटिकहरु पनि हुन्छ, हेमोग्लोबिन , चाहिने माइक्रो न्युट्रिसन देखि सबै भिटामिन पाईन्छ । भर्खर जन्मेको बच्चामा रोग सँग लड्ने क्षमता हुदैन त्यसैले  स सानो  संक्रमणहरुले  पनि समात्ने गर्छ ।   

आमाको दुध राम्रो सँग खुवाइएको बच्चाहरुमा संक्रमण हुने सम्भावना कम हुन्छ भने यदि आमाको दुध नखुवाइ बोतलबाट खुवाउने बच्चाहरुको हकमा संक्रमण चाडै सामत्ने डर हुन्छ । त्यसैले बच्चाहरुलाई रोग सँग लड्ने क्षमता स्तनपानले गराउँछ । महिला स्वास्थ्यबाट 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *