डडेल्धुरामा भरुवा बन्दुकसहित एकजना पक्राउ

२०७६ माघ १५ गते

डडेल्धुरा । डडेल्धुरामा अवैध हतियारसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। जिल्लाको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिका–३ का ५४ वर्षीय नरसिंह नायक पक्राउ परेका हुन् ।
नायकलाई परशुराम नगरपालिका-३ द्वारीवन जंगलबाट अवैध भरूवा बन्दुकसहित मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रहरीले नायकको साथबाट एक नाले भरुवा बन्दुक एक थान, चक्कु एक थान, धातुको गोली १६ थान, धातुको छर्रा नौ थान, केप नौ थान, केप बनाउन प्रयोग गरिने पाता ६ थान, बारुद एक बट्टासमेत बरामद गरेको छ।
null
पक्राउ परेका नायकमाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजीम हातहतियार खरखजाना कसूरमा बुधबार जिल्ला अदालत डडेल्धुराबाट १० दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकार दिए ।

२०७६ माघ १५ गते
प्रतिक्रिया
सम्बन्धित