कामना सेवाकोे प्रदेश ५ मा एकैसाथ २ वटा शाखा सञ्चालन

माघ ५, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५ मा एकैसाथ २ वटा शाखा सञ्चालन शाखा संचालनमा ल्याएको छ ।   

यस बैंकले  प्रदेश नं. ५ अन्तर्गत  नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा न. ४, बर्दघाट र रुपन्देही जिल्ला , तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राममा गरी एकसाथ आईतबार २ वटा  शाखा संचालनमा ल्याएकाे हाे ।   

यो सँगै अब बैंकको शाखा संख्या ११६ पुगेका छन् ।  बर्दघाट शाखाको समुद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख  धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रूप गरेका थिए ।  

यसैगरी मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिका बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रूपमा गरेका हुन् ।   

 काठमाडाैँकाे ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस  बैंकले देशका विभिन्न भागहरुमा ११६ वटा शाखा कार्यालयहरु तथा ६० वटा ATM मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *